जेष्ठ २६, २०८२ आईतबार

गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

बिहीबार दिउँसो ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।

दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । अहिले उक्त क्षेत्रमा सवारी आवागमन समेत प्रभावित छ ।

प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार  ५ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]