जेष्ठ ३, २०८२ शुक्रबार

आवधिक योजना, नीति तथा कार्यक्रम र बजेट तालमेल मिलेको छैन् : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गईरहेको बताउनुभयो।

कोशी प्रदेश योजना आयोगले पञ्चबर्षिय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा रहेको आवधिक योजनासँग निति तथा कार्यक्रम र बजेट मिल्न नसकोको बताउँदै अवका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारको सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको आवधिक योजनालाई अबको केही दिनमा नै कर्मचारी, सासंद सबैको हात हातमा पुर्याउन निर्देशन दिदै मुख्यमन्त्री कार्कीले कर्मचारी र सासंदहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । आवधिक योजनासँग निति तथा कार्यक्रम र बजेटको तालमेल मिलाउनको लागि सबैले अध्ययन गरेर सोही अनुसारको योजना मात्र अगाडि सार्नुपर्ने उहाको भनाई छ । आगामि दिनमा सोही अनुसार अगाडि बढ्न पनि उहाँले आग्रह गर्नु भयो ।

आर्थिक बर्ष २०८५-०८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७।५५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०७९-०८० मा २।३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक बर्ष २०८०-०८१ मा ३।५१ प्रतिशत रहेको थियो ।

प्रदेश योजना आयोगले विहिबार सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५ -८६ मा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन १६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९-८० मा १२९९ अमेरिकी डलर थियो भने आर्थिक वर्ष २०८० -८१ मा १३३६ अमेरिकी डलर थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८५-८६ सम्ममा गरिबीको रेखामुखी रहेको जनसंख्या १२ प्रतिशमा झार्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७९-८० मा कोशी प्रदेशमा १७।५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका थिए भने गएको आर्थिक वर्षमा यसमा ०।३० प्रतिशत घटेर १७।२० प्रतिशत पुगेको छ ।

यसैगरि अहिले १० प्रतिशत रहेको बेरोजगारी दरलाई आर्थिक वर्ष २०८५-८६ सम्ममा ५।४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

आर्थिक बर्ष २०८५-०८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ बर्षको अनुमान गरिएको छ । मातृमृत्यु दर ९प्रतिलाख जीवित जन्ममा० ७० मा झार्ने अनुमान गरिएको छ । त्यस्तै पाँच बर्ष मुनिको बाल मृत्युदर ९प्रति हजार जीवित जन्ममा० २० मा झार्ने अनुमान गरिएको छ ।

त्यसैगरी आर्थिक बर्ष २०८५-०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । लैङ्गिक विकासको सूचांक ०।९२ पुर्याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचांक ०।६२ पुर्याउने लक्ष्य छ ।

आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्याउने अनुमान गरिएको छ भने विधुत उत्पादन २२०० मेगावट अनुमान गरिएको छ ।

आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परमाणात्मक लक्ष्य अनुसार कुल ग्रार्हस्थ उत्पादन ९उपभोक्ता मूल्यमा० १३१७।९५ अर्वमा पुर्याउने लक्ष्य रहेको छ भने कृषि क्षेत्रको बार्षिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने उद्योग क्षेत्रको बार्षिक वृद्धिदर १०।५६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०८५-०८६ सम्ममा सेवा क्षेत्रको बार्षिक वृद्धिदर ७।४१ प्रतिशत पुर्याउने अनुमान गरिएको छ ।  प्रतिव्यक्ति कुल गार्हस्थ ९उत्पादन उपभोक्त मूल्यमा० १६४५ अमेरिकी डलर पुर्याउने लक्ष्य अनुमान गरिएको छ । कोशी प्रदेशको आर्थिक बर्ष २०८५-८६ सम्ममा २।१० प्रतिशत हुने अनुमान गरिएको छ ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी पञ्च बर्षिय आवधिक योजनाको मुख्य मुख्य आयोजनाहरु प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच : ‘शुसासित, खुसी, आर्थिक रुपले गतिशील र सम्मुन्नत प्रदेश’ रहेको जानकारी दिनुभयो । आवधिक योजनाको मुख्य उदेश्य कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सामाजिक न्याय सहित नागरिकमा खुसी वृद्धि गर्ने, प्रदेशका भौतिक तथा सामाजिक पूर्वाधारको उच्चतम उपयोग गरी उपयोग गरी समृद्धि हासिल गर्ने, प्रदेशमा सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सेवा प्रवाह नागरिकमैत्री बनाई प्रत्येक नागरिकमा शान्ति, सुरक्षा तथा सुशासनको अनुभूति गर्न सक्ने बातावरण तयार गर्ने रहेको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]