जेष्ठ ३, २०८२ शुक्रबार

व्यवसायिक राहत कोषका २१ हजार सहयोग

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’ का लागि युवा व्यवसायी जगत शर्मा तिवारीले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बिर्तामोड– ५ मा रोसनी सुज सञ्चालन गर्दै आएका तिवारीले आफ्नो जन्मोत्सवको अवसर पारेर राहत कोषमा सहयोग रकम प्रदान गरेका हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरे ।

बिर्तामोड उद्योग बाणिज्य संघले व्यवसायीलाई आपत विपद् पर्दा सहयोग पु¥याउने उद्देश्यले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । सो कोषका लागि तिवारीले सहयोग गरेका हुन् । कोष वृद्धिका लागि तिवारीले सहयोग प्रदान गरेसंगै कदरपत्रद्वारा उनलाई सम्मान गरिएको छ । संघको कार्याालयमा आयोजित कार्यक्रमकाबीच तिवारीलाई कदरपत्र प्रदान गर्दै जन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य र दीर्घजीवनको कामना समेत गरिएको थियो ।

प्रकाशित मिति : भाद्र १, २०८१ शनिबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]