जेष्ठ २६, २०८२ आईतबार

कोशी प्रदेशमा सडक गुरुयोजना बनाइने

विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक सडकसञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ ।
सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकिकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो ।

कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन तयारी गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार गुरुयोजना बनाउने छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नीति मजबुद बनाएर सडक सञ्जाल बनाउन जोड दिनुभयो ।

संघ र प्रदेश सरकारको आन्तरिक श्रोत खुम्चिँदै गएको अवस्थामा श्रोतलाई समेत मध्यनजर गरेर सडक सञ्जालको गुरु योजना बनाउनु पर्ने बताउनुभयो । उहाँले प्राथमिकतालाई निर्धारण गरेर मात्रै सडक बनाउनु पर्ने बताउदै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै सडक बनाउने प्राथमिता दिने परिपाटीलाई गुरुयोजनाले अन्त्य गर्ने बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहले अहिले करिब १० हजार किलोमिटर सडक पहिचान गरिएको भएपनि ६ हजार किलोमिटर सडकको मात्र प्राथमिकिकरणको आधारमा गुरुयोजना बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब १० हजार किलोमिटर सडक पहिचान गरिएपनि अब गुरु योजनामा ६ हजार किलोमिटर समेटेर तयारी गरिने र त्यसलाई पास गरेर अघि बढ्ने बताउनुभयो । भौतिक पुर्बाधार मन्त्रालयको आयोजनामा कार्यक्रम भएको थियो।

प्रकाशित मिति : भाद्र २, २०८१ आईतबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]