कटुवा पेस्तोलसहित आङदेम्बे पक्राउ
अर्जुनधारा । झापाको अर्जुनधाराबाट १ थान कटुवा पेस्तोल सहित ईन्द्रबहादुर आङदेम्बे पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने आङदेम्बेको घरबाट कटुवा पेस्तोल बरामद भएको हो ।
उनको घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको घर परिसरमा तलासी लिदा निजको घरसँगै रहेको कुखुराको खोरबाट पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कुखुराको खोरमा कासको छानो भित्र पहेलो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।