जेष्ठ १७, २०८२ शुक्रबार

विश्वकै बढी उमेरकी महिलाको निधन

काठमाडौँ । विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो ।

सीएनएनका अनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर) ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएको हो ।

जीडब्लूआरका अनुसार उनी विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौं व्यक्ति हुन् । २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी ११८ बर्षिय सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् ।

मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो । पछिल्लो समय भने उनी स्पेनको क्याटालोनियामा बस्दै आएका थिइन् । उनी कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत हुन् ।

प्रकाशित मिति : भाद्र ५, २०८१ बुधबार  ५ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]