जेष्ठ १३, २०८२ सोमबार

टिकटक प्रतिबन्ध खुलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए ।

गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।

प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]