बैशाख २५, २०८२ बिहीबार

जसपा सुनसरीका अध्यक्ष रवीन राई एमालेमा प्रवेश

सुनसरी। जनता समाजवादी पार्टी (जसपा) सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार नेकपा एमाले सुनसरी जिल्ला कमिटीको प्रथम पुर्णबैठकमा राई एमाले प्रवेश गर्नुभएको हो । राई लगायत एमाले प्रवेश गर्ने नेताहरूलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।

बैठकले मिसन २०८४ लाई केन्द्रित गरी पार्टीका जिल्ला नेताहरूको कार्यविभाजन गर्नुका साथै वार्षिक कार्ययोजना र बजेट समेत निर्माण गरेको छ ।

एमाले प्रवेश गर्नुभएका राईले नेपालको राजनीतिक आन्दोलनको मूलधार नेकपा एमाले नै भएकाले आफू एमालेमा समाहित भएको बताउनुभयो । देशलाई निकास दिन एमाले बाहेक अन्य दलले नसक्ने उहाँले सुनाउनुभयो । पार्टीले दिएको जिम्मेवारीमा बसेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : भाद्र ८, २०८१ शनिबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]