बैशाख २४, २०८२ बुधबार

अब टिकटकको दुरुपयोग नगरौं

सम्पादकीय

सामाजिक सञ्जालको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव, इन्टा लगायतका माध्यमहरुको प्रयोग बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको प्रयोगले केहि ज्ञान हासिल भइरहेको छ भने उत्तिकै चुनौति पनि थपिरहेको छ । मानव जीवनका लागि अति उपयोगी सञ्जालको प्रयोग सबैले ठिक ढंगले गर्न सकिरहेका छैनन् । कतिपयले पाठशालाको रुपमा सञ्जालहरुको सदुपयोग गरेको अवस्था छ । सञ्जालको माध्यमबाट शिक्षा दिन सकिन्छ, आम नागरिकहरुलाई सचेत गराउन सकिन्छ । सञ्जाल प्रयोगका बहुउपयोगी विधिहरुलाई पालना गर्ने हो भने धेरै फाइदा लिन सकिन्छ ।

नेपाल सरकारले भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकबाट प्रतिबन्ध गरिएको टिकटक सञ्चालनका लागि फुकुवा गरेको छ । सामाजिक सञ्जालहरुमध्ये धेरै रुचाइएको टिकटकमा बढेको विकृतिका कारण सरकारले प्रतिबन्ध लगाएको थियो । यसअघिको प्रचण्ड सरकारले प्रतिवन्ध लगाएको टिकटक केपी ओली सरकारले खुलाएको छ । तर, सरकारले फेरि पपनि टिकटकको वेथिती नियन्त्रणमा भने अग्रसरता देखाउने भएको छ । टिकटकले नेपाल सरकारलाई पत्र पठाउदै कानुनी मापदण्डहरु पालना गर्ने प्रतिवद्धता जनाइसकेको छ । टिकटकले प्रतिवद्धता जनाएकै कारण सरकार पनि लचिलो भएको हो ।

टिकटकमा व्यवसायीहरु व्यापार प्रवद्र्धन गर्नका लागि महत्वपूर्ण माध्यम बनाउन सफल भएका थिए । सञ्जालको प्रयोग गरेर कलाकारिताको पनि राम्रै प्रदर्शनीहरु भइरहेको थियो । कला, सीप भएकाहरुले टिकटक मार्फत सार्वजनिक गर्दै आएका थिए । हरेक क्षेत्रको सकारात्मकसँगै नकारात्मक पक्षहरु पनि हुन्छन् । टिकटक मात्र होइन, नेपालमा सबै खाले सामाजिक सञ्जालहरुको दुरुपयोग बढिरहेको छ । सञ्जालको दुरुपयोगले मानव जीवनलाई कठिनाई पनि बनाइरहेको छ । सञ्जालकै दुरुपयोग गरेर अपराधजन्य घटना पनि भएको पाइन्छ । सरकारले टिकटको फुकुवा गरेको छ । अब यसको अधिकतम सदुपयोग गर्न तर्फ सबैले ध्यान दिऔं । दुरुपयोग गरेमा फेरि पनि बन्द हुन सक्ने संभावनालाई ख्याल गरौं ।

प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार  २ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]