जेष्ठ १२, २०८२ आईतबार

झापामा ६ महिनामा ५०९ वटा पशु चौपाया नियन्त्रण

झापा । झापामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएसँगै ५०९ वटा पशु चौपाया नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, त्यस मातहतका गुल्म र बिओपीहरुले ६ महिनाको अवधिमा ५०२ वटा गाईगोरु र ७ वटा राँगाभैँसी नियन्त्रणमा लिएर भन्सार बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए ।

सीमा नाकाबाट अवैध रुपमा भारततर्फ लगिरहेका पशु चौपायाबाट २४ लाख ४ हजार मूल्य बराबरको राजश्व संकलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका एसपी कवीन्द्र राईले जिम्मेवारी सम्हालेदेखि गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्म गाईगोरुबाट २२ लाख ३५ हजार रुपैयाँ र ७ वटा राँगाभैँसीबाट १ लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको डीएसपी पोखरेलले बताए ।

जिल्लाका विभिन्न नाकाबाट तस्करी मौलाएसँगै सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ गरिएको उनको भनाई ।

प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]