जेष्ठ १२, २०८२ आईतबार

तीजका अवसरमा विराटनगरमा ‘नारी उत्सव २०८१’ हुने

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घको महिला उद्यमी समितिले हरितालिका तीजको उपलक्ष्यमा विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ ।

भदौ १४ देखि १६ गतेसम्म आयोजना हुने प्रदर्शनीमा स्थानीय उत्पादनलाई बजारीकरणमा मद्दत पु¥याउने उद्देश्य राखिएको समितिले जनाएको छ । यसबाट बजार प्रवर्द्धनमा, निर्यातयोग्य वस्तुहरूको पहिचान गरी अवसर सिर्जना, उत्पादनकर्ता र उपभोक्ताबीचको सम्बन्ध विस्तार तथा आर्थिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ । उत्सवले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा संलग्न महिला उद्यमीलाई प्रोत्साहन गर्ने आयोजना गरिने समितिका संयोजक श्रुति शर्माले बताउनुभयो ।

बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म विराटनगरको सिटी पार्टी प्यालेस आयोजना गरिने उत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ । उत्पादन प्रदर्शनीका लागि वातानुकूलीत (एसी) र ‘नन एसी’ गरी करिब ६० वटा स्टल रहने र १८ वर्षमाथिका महिलाका लागि ‘तीज क्वीन २०८१ प्रतियोगिता’ आयोजना गरिने, प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारबाट साङ्गीतिक कार्यक्रम आयोजना गरिने समितिका संयोजक शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]