बैशाख २०, २०८२ शनिबार

‘लभ फरेवर’को शुभमुहूर्त

No description available.

 झापा । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको लघु चलचित्र ‘लभ फरेवर’को सोमबार शुभमूहुर्त गरिएको छ । झापाको बुद्धशान्ति-६ स्थित इरौटार आधारभूत विद्यालयबाट साेमबारबाट चलचित्रको छायांकन सुरु गरिएको हाे ।

राज लावतीको निर्देशनमा बन्न लागेको चलचित्रको कथा लेखन सौरभ तामाङको रहेको छ । पटकथा तथा संवाद एकराज प्रधानको रहेको चलचित्रमा क्रिएटिभ डिरेक्टसन प्रितम धमला ‘झापाली कान्छो’ले गरिरहेका छन् । सिनेमाटोग्राफी सुवास लिम्बूले सम्हालिरहेका छन् ।

शुभमुहूर्त गर्दै निर्देशक लावतीले भने, ‘माया सधैँभरि रहिरहन्छ भन्ने कन्सेप्टमा फिल्म बन्दैछ, जीवनमा प्रेमले कति महत्व राख्छ भन्ने कुरा फिल्ममा हुनेछ ।’

चलचित्रमा मुख्य अभिनय सौरभ तामाङको रहने निर्माण टिमले जनाएको छ । ‘लभ फरेवर’मा प्रताप सुनुवार, सुजन राउत, रमेश तिवारी, नविन अधिकारी, याम खरेल, राजु खरेल, झापाली कान्छो लगायतको अभिनय देख्न सकिनेछ । त्यस्तै बाल कलाकारको रुपमा समता खरेल, रहिम बस्नेत र अमिर लिम्बूको अभिनय रहनेछ । चलचित्रको छायांकन झापा र इलाम गरिने निर्देशक राज लावतीले बताए ।

No description available.

 

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  ११ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]