बैशाख २४, २०८२ बुधबार

सुधार केन्द्रको अनुगमन गरियोस्

सम्पादकीय
लागुऔषध तथा कुलतमा लागेका व्यक्तिहरुको उपचार गर्न पछिल्लो समय सुधार केन्द्र सञ्चालन गर्ने लहड चलेको छ । झापा जिल्लाभरमा दर्जनौं सुधार गृहहरु सञ्चालनमा रहेका छन् । बिर्तामोडमा पनि सुधार गृहको संख्या ठुलो छ । कुलतमा लागेको व्यक्तिहरुलाई सुधार गर्ने ठाउँमा भर्खरै अभिभावकमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भयो । अभिभावकले केहि जिज्ञासा राख्दा बिर्तामोड –३ बिर्ताबजारस्थित नयाँ सृष्टि पुनस्र्थापना केन्द्रका संचालक आकाश खड्का लगायतले कुटपिट गरेको खवरले राम्रो सन्देश दिएको छैन ।

सुधार केन्द्र सञ्चालन गर्ने व्यक्तिहरुले मर्यादित भएर व्यवहार गर्नुपर्नेमा सञ्चालकमै सुधारको खाँचो देखिने गरि गरिएको व्यवहार बेठिक भएको छ । सुधार गहृ सञ्चालकहरुले कम्तिमा कानुनी राज्यको ख्याल गर्न सक्नुपर्छ । कुटपिट झै झगडा गरेर नै जाने हो भने सुधार केन्द्र सञ्चालन गर्नुको केहि अर्थ रहदैन । जस्तो सुकै शक्तिको प्रभावमा रहे पनि सुधार गृहका सञ्चालकले कसैमाथि हात उठाउने हक राख्दैनन् । सञ्चालकले जिम्मेवारी लिएको काम गर्ने हो । अन्यथा, बल तमाशा प्रदर्शन गर्ने होइन । एक बेला महानन्द चोक क्षेत्रमा सञ्चालित सुधार केन्द्रमा पनि अभिभावकलाई कुकुर लगाएको घटना सार्वजनिक भएको थियो ।

प्रहरी प्रशासनमा जाँदा पीडितको आवाज कम सुनिन थालेको छ । पीडकहरुसँगको उठवसले प्रहरीहरु पीडितको पीडा सुन्न चाहदैनन् । यसैले आम नागरिकले यस विषयमा चासो दिनुपर्ने अवस्था आएको छ । बिर्तामोडमा रहेका सुधार गृहमा बेलाबखत बाहिर आउने घटनाले त्रसित बनाउने गरेको छ । यसैले स्थानीय तहले सुधार गृहको अनुगमन गर्ने बेला भएको छ । स्थानीय सरकार, मानवअधिकारवादीहरुले सुधार केन्द्रको अनुगमन गरेर वास्तविकता बाहिर ल्याउन अनिवार्य भएको छ । कतिपय सुधार गृहका नाममा लागुऔषधको अखडा बनाइरहेको भन्ने पनि सुन्न पाइन्छ । त्यस प्रकारका सुधार केन्द्रको अनुगमन गरेर सञ्चालहरुलाई पनि कानुनी दायरामा ल्याइनुपर्छ ।

प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]