बैशाख २३, २०८२ मंगलबार

बुद्धशान्तीमा अनेरास्ववियु र युवासंघले गराए अस्पतालको ध्यानाकर्षण

बिर्तामोड । अनेरास्ववियु र युवा संघ नेपालले संयुक्त रुपमा बुद्धशान्तीको नगर अस्पताल भगीरथा बुद्धशान्ति अस्पतालको व्यवस्थापकीय पक्षमा आएका विभिन्न जनगुनासोहरु समेट्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

युवा र विद्यार्थीहरुको संयुक्त उपस्थितिमा उनीहरुले विभिन्न मागहरु राख्दै ध्यानाकर्षण पत्र बुझाउँदै अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएका हुन् ।

अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन भट्टराईकाले भने अस्पतालमा देखिएका विभिन्न बेथितिहरुलाई समेट्दै ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘अस्पताल जस्तो संवेदशील स्थान प्रत्येक सार्वजनिक विदामा बन्द हुन्छ, हामीले अस्पताल चौविष घण्टा सातै दिन सञ्चालनमा ल्याउन पर्ने माग राखेका हौँ । मानिसहरु सार्वजनिक विदाको दिन बिरामी हुँदैनन् भन्ने हुन्छ र ?’

यसैगरी उनीहरुले अस्पतालमा स्वास्थ्य बिमाका औषधीहरु पर्याप्त मात्रामा उपलब्ध नभएका विषयलाई पनि ध्यानाकर्षण गराएका छन् । यसैगरी रेफरको विषयलाई पनि उनीहरुले ध्यानाकषर्ण गराएका छन् ।

उनीहरुले राष्ट्रिय विमा वोर्डले दिने सम्पुर्ण किसिमका औषधीहरु पाउनुपर्ने, सातै दिन २४सै घण्टा सुविधा हुनुपर्ने, रेफर लगाएतका विषयमा ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]