बैशाख २०, २०८२ शनिबार

स्त्री-२५०० करोड क्लबमा

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्म रिलिजको तेस्रो सातामा ५०० करोड क्लबमा पुगेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ५०२ करोड ३५ लाख कमाई गरेको छ ।  फिल्मले आइतबार मात्र २२ करोड १० लाख कमाई गरेको थियो ।

फिल्मले रिलिजको पहिलो साता ३०७ करोड ८० लाख कमाएको थियो भने दोस्रो साता १४५ करोड ८० लाख कमाएको थियो । त्यस्तै फिल्मले रिलिजको तेस्रो साता ४८ करोड ७५ लाख कमाई गरेको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : भाद्र १७, २०८१ सोमबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]