बैशाख २५, २०८२ बिहीबार

कोशीमा तीजपछि मात्रै मन्त्रिपरिषद बिस्तार : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ ।

आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले तीजपछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “काँग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस ।”

मुख्यमन्त्री कार्कीले काँग्रेसकै आफ्नो कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै अब चाडै मन्त्रिपरिषद बिस्तार हुन्छ ।

उहाँले सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिने बताउनुभयो । अहिलेको सरकार शासकीय सुधार तर्फ लागेको र विकासका योजनाहरुलाई तीव्र गति दिइने बताउनुभयो । फरक प्रसंगमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासीलो ढंगले गरेर अगाडि बढ्छौँ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।”

सरकार गतिशिल र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यता तिर जाने नभइ काम गर्न लागि पर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : भाद्र १९, २०८१ बुधबार  ६ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]