जेष्ठ ३, २०८२ शुक्रबार

आदर्श स्कुल अफ मेनेजमेन्टमा तीज सशक्तिकरण कार्यक्रम

बिर्तामोड । विद्यार्थी माझ सधै नयाँ र पृथक कार्यक्रम गर्दै आएको आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले आज तीज सशक्तिकरण कार्यक्रम गरेको छ ।

तीजमा चल्ने नाचगानका कार्यक्रम भन्दा महिला सशक्तिकरणलाई बढवा दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । आदर्श स्कुल कि बिजया भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला आदर्श नौमती वाजा, सुरुङा –३ ले नौमती बाजा बजाएर युवा विद्यार्थीलाई उद्यमी बन्ने प्रेरणा प्रदान गर्न हौसला दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथी मेरीयट होटल काठमाडौं क्लस्टर शिक्षण तथा बिकास निर्देशक अन्जना खड्काले महिलाले नयाँ परिवेशमा धेरै उच्च अहोदा बसेर काम गर्ने, आफ्नो क्षमताको उदाहरणीय कामहरु गर्ने गरेको बताइन् ।

स्कुल शिक्षिका इन्दिरा खड्काको स्वागत रहेको कार्यक्रमको सञ्चालन आदर्श स्कुलका तालिम बिभाग प्रमुख दीपक दासले गरेका थिए ।

प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार  ४ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]