कारसहित तीन भारतीय अवैध सामानसहित पक्राउ
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले ३ वटा कारसहित ३ जना भारतीय नागरिकलाई अवैध रुपमा भारतबाट नेपालपतर्फ सामान ल्याउदै गर्दा पक्राउ गरेको छ ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन ८४६२ नम्बरको कारबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ९९ हजार १०० मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ ।
बरामद कपडामा पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १हजार २५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस रहेका छन् । प्रहरीले बरामद गरेको कारको मुल्य अन्दाजी २४ लाख मुल्यांकन गरेको छ । कारसहित कपडाको मुल्य २९ लाख ५० हजार १०० रहेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारतीय कार चालक भारतको पानीट्यांकी बस्ने राम दयाल बर्मन, सोही स्थानको अमित राय र राजकुमार घोष रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुृमार चन्दले जानकारी दिए । पक्राउ परेको कारसहित भारतीय नागकिरलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाएको उनले जनाए ।