मेची क्याम्पसका विद्यार्थीले बनाएको ‘एप’ इजरायली कम्पनीले १३ लाखमा खरिद गर्यो
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययनरत तीन जना विद्यार्थीले बनाएको एप्लिकेशन इजरायली कम्पनीले खरिद गरेको छ ।
बीसीए पाँचौं सेमिस्टरमा अध्ययनरत तीन जना विद्यार्थीहरुले बनाएको ‘वाइफाई थिफ डिटेक्टोर’ नामक एप्लिकेशन इजरायलको ग्यालेक्सी स्टुडियोले १३ लाख रुपैयाँमा खरिद गरेको हो । उक्त एप्लिकेशन मेची बहुमुखी क्याम्पसका विद्यार्थीहरु बिर्तामोड ९ का उत्सव दाहाल, भद्रपुर ९ का तेज मगर र मेचीनगर ६ का राहुल विष्टले संयुक्त रुपमा तयार गरेका हुन् ।
दुई साताअघि उक्त एप्लिकेशन इजरायली कम्पनीले खरिद गरेको दाहालले जानकारी दिए । उक्त एप्लिकेशन डाउनलोड पश्चात कुन–कुन डिभाईसहरु चलिरहेको छ भन्ने जानकारी प्रदान गर्छ । आइपी एडे«ससहित कुन–कुन डिभाइस चलिरहेको छ भन्ने जानकारी दिने एप्लिेशकन तीन जनाले एक हप्ता लगाएर बनाएको जानकारी दिए । विश्वमा प्रविधिको क्षेत्रमा आवश्यक भइरहेको एप्लिकेशनहरु बनाउन आफुहरु क्रियाशिल रहेको उनीहरुको भनाई छ । असअघि पनि उनीहरुले विभिन्न एप्लिकेशनहरु बनाएको जानकारी दिएका छन् । दाहाल भन्छन्, एप्लिकेशन विक्री गरेको यो नै पहिलो पटक हो ।