महिला उद्यमी परिषद् झापाको अध्यक्षमा पुष्पा दाहाल सर्वसम्मत
बिर्तामोड । महिला उद्यमी परिषद् झापाको अध्यक्षमा पुष्पा दाहाल सर्वसम्मत निर्वाचित भएकी छन् । आज सम्पन्न महिला उद्यमी परिषद्को प्रथम जिल्ला अधिवेशनले दाहाललाई अध्यक्षमा सर्वसम्मत गरेको हो ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको अधिवेशनले महिला उद्यमी परिषदको उपाध्यक्षमा देवकुमारी शेर्मा, भागिरथा उपे्रती, सचिवमा संगिता चिमरिया, उपसचिवमा चन्दमाया निरौला र कोषाध्यक्षमा मायाँ प्याकुरेल सर्वसम्मत भएका हुन् ।
यस्तै, सदस्यहरुमा शान्ता उप्रेती दाहाल, खिनमाया खतिवडा, पार्वता श्रेष्ठ, सोममाया लोहार, शकुन्तला बराल, ललिता सापकोटा, चन्द्रकला रिजाल (चन्द्रा) , पंकजा भण्डारी, सुमित्रा चुडाल संगौला र अञ्जु पन्त ओली सर्वसम्मत भएका हुन् ।
अधिवेशन आयोजक कमिटीको संयोजक इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी महिला उद्यमी परिषद्को केन्द्रीय अध्यक्ष शोभा गुरुङ, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महिला उद्यमी भीमा शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रेमा भट्टराईले गरेकी थिइन् ।