जेष्ठ ९, २०८२ बिहीबार

बिर्तामोडमा विक्री लागि ल्याइएको ७० घरी काँचो केरा उपभोग अयोग्य

बिर्तामोड । दानाबारीबाट विक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न अयोग्य भएको छ ।

आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनःपरीक्षण गर्न भनेका छन् ।

दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

प्रयोगशालाका अनुसार ४५ प्रतिशतभन्दामाथि विषादी भेटिए नष्ट गर्नुपर्ने हुन्छ । मगरकै केही काँचो केरा भने उपभोगका लागि पर्खनुपर्ने भनिएको छ । पर्खनुपर्ने काँचो केरामा कार्वामेट ४४.७६ प्रतिशत र अर्गानो फस्फेट २७.६७ प्रतिशत भेटिएको बताइएको छ ।

प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]