जेष्ठ ९, २०८२ बिहीबार

उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय मर्यादाविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकाले कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका हुन् ।

उपसभामुख रानाले कूटनीतिक नियोगलाई पत्र लेखेर भिसा प्रक्रियाका लागि अनुरोध गर्नु पदीय मर्यादा विपरीत रहेको कांग्रेसको ठहर छ ।

उपसभामुख रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।

sf7df8f}F, # k’; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb’/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .

कांग्रेसले उपसभामुख राना बारे थप निर्णय लिनुपरेमा कांग्रेस संसदीय दल र सत्तारुढको बैठक बसेर निर्णय लिने बताएको छ ।

त्यस्तै बैठकले पार्टी उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएको विषयमा छानबिन हुनुपर्ने धारणा बनाएको छ । कांग्रेसले उपसभापति गुरुङको डिभोर्सको विषय निजी भएको तर सहकारी ठगि प्रकरणमा नाम जोडिएपछि त्यसको छानबिन हुनुपर्ने निष्कर्ष निकालेको घिमिरेले बताए । उनले भने- ‘डिभोर्स कानु्नीरुपमा २०७६ सालमा भइसकेपछि त्यो प्रश्नलाई नक्कली वा सक्कली भनेर संसदमा उठाउनु त्यो संसदीय बहसको विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारणा छ तर सहकारीको विषयमा भने गुरूङमाथि छानबिन हुनसक्छ ।’

धनराज र उनकी श्रीमती ज्योतिमाथि ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।

प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार  २ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]