बैशाख २६, २०८२ शुक्रबार

गुणस्तर तथा नापतौल कार्यालयको राजस्व वृद्धि

भद्रपुर २७, भदौः गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा रु ५८ लाख ४५ हजार आठ सय ५५ राजस्व सङ्कलन गरेको छ । आव २०७९-८० को तुलनामा यो दुई सय दुई दशमलव ३९ प्रतिशतले बढी हो ।

उक्त कार्यालयका प्रमुख सुनिलकुमार यादवका अनुुसार आव २०७९-८० मा रु २८ लाख ८८ हजार तीन सय ५३ राजस्व सङ्कलन भएको थियो । यसैगरी, आव २०७८-७९ मा रु १६ लाख ६२ हजार दुई सय १७ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

विगतका वर्षहरुभन्दा नाप्नेतौलने यन्त्रको नयाँ अनुमतिपत्र लिनेको सङ्ख्यमा वृद्धि, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरुको सङ्ख्या बढ्नु तथा जरिवाना तिर्नेहरुको सङ्ख्या बढ्दा राजस्व बढेको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार आव २०८०-८१ मा नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोगका लागि एक हजार पाँच सय २६ नयाँ अनुमतिपत्र प्रदान गरिएको, २२ वटाको इजाजतपत्र नवीकरण, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरुको सङ्ख्या दुई हजार नौ सय आठ थियो ।

साबिक मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको गुणस्तर तथा नापतौल कार्यालयले गत आवमा दुई हजार छ सय ३५ थप शुल्क तथा जरिवाना तिर्ने व्यवसायी रहेका जनाएको छ । कार्यालयले ३१ पटकमा दुई सय ३३ वटा फर्मको एकल अनुगमन गर्दा २८ पटकमा दुई सय ७२ वटा फर्मको संयुक्त अनुगमन भएको थियो । कार्यालयले एक वर्षमा पेट्रोलिय पदार्थ वितरण गर्ने ६० पम्पको जाँच तथा दुई सय आठ पेट्रोलिय पम्पको नोजल जाँच गरेको थियो ।

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]