दशैं र तिहारको शुभ साइत : नेपाल र अष्ट्रेलियामा फरक-फरक दिनमा मनाउनुपर्ने
काठमाडौं, २८ भदौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते ९२०२४ अक्टोबर १३ तारिक०मा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।
वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी ९टीका० र लक्ष्मीपूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दशैंको टीका लगाउनुपर्ने जानकारी दिएको हो ।
समितिका सभापति प्रा। डा। माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मकालअनुसार चाड पर्वादि मनाउन स्पष्ट गरिएको छ ।
अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते ९२०२४ अक्टोबर १३ तारिक० भएकाले अष्ट्रेलियामा यसै दिन विजयादशमी ९टीका० ग्रहण गर्नुपर्नेछ । नेपालमा २०८१ असोज २६ गते ९२०२४ अक्टोबर १२ तारिक० सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ । यो पर्व तिथि प्रधान भएकाले श्रवण नक्षत्र पर्दा यसको प्रशस्त्य हुनेमात्र हो । यो नक्षत्र विजयादशमीको कारक नभएकाले विजयादशमीको टीका नेपालमा असोज २६ गते र अष्ट्रेलियामा असोज २७ गते मनाउन समितिले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
त्यसैगरी, अष्ट्रेलियामा लक्ष्मीपूजा औँसी तिथि सन्ध्या काल २०८१ कात्तिक १६ गते ९२०२४ नोभेम्वर १ तारिक० भएकाले अष्ट्रेलियामा ९नोभेम्वर १ तारिक० यसै दिन लक्ष्मी पूजा गर्नुपर्ने र नेपालमा २०८१ कार्तिक १५ गते ९२०२४ अक्टोवर ३१ तारिक० मा सन्ध्या कालमा औँसी तिथि भएकाले १५ गते नै लक्ष्मी पूजा गर्नुपर्ने पनि समितिले स्पष्ट गरेको छ ।
अष्ट्रेलियालगायत नेपाली र भारतीय वैदिक सनातन हिन्दू धर्मावलम्बी बढी भएका देशमा दशैं, तिहारजस्ता पर्व भव्य रूपमा मनाइन्छ । यी देशमा सूर्योदयकाल फरक हुने भएकाले तिथि पनि फरक पर्न गएको हो । शास्त्रीय रूपमा जुन तिथिमा जे पर्व मनाउनु भनिएको छ । त्यसैअनुसार कर्म गराउने उद्देश्यले नै समितिको गठन भएको हो । विश्व ज्योतिष महासङ्घअन्तर्गत समितिले अन्तर्राष्ट्रियस्तरमा चाडपर्वसम्बन्धी विवाद भएमा निर्णय गर्ने गरेको छ ।