बैशाख १९, २०८२ शुक्रबार

जापान पठाइदिन्छु भनी ठगी गर्ने झापाका रामकुमार पक्राउ

झापा । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको   छ ।

राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]