बैशाख २४, २०८२ बुधबार

असुरक्षित सम्बन्धबाट टाढा रहौं

सम्पादकीय

झापाको बिर्तामोड असुरक्षित शहरको रुपमा स्थापित भइरहेको छ । यहाँ एक्लै हिडडुल गर्न कठिनाई छ । सुरक्षाका लागि सुरक्षा निकायले योजनावद्ध हिसावले लाग्नै पर्ने देखिएको छ । बिर्तामोडमा पछिल्लो समय भइरहेको अपराधिक घटनाले यहाँ शान्ति सुरक्षा कायम गर्नका लागि खवरदारी पनि गर्न जरुरी रहेको छ । गत शुक्रवार अर्जुनधारा –६ महानन्द चोक क्षेत्रमा १९ वर्षीया एक किशोरीको हत्या भयो । किशोरीको हत्या उनको चिनजान भएकै व्यक्तिबाट भयो । प्रहरी अनुसन्धानबाट उनीहरुबीच केही समयदेखि बोलचाल भइरहेको भन्ने पनि खुलेको छ । कतिपयले दुई जनाबीच प्रेम सम्बन्ध पनि रहेको बताइरहेका छन् । प्रेम सम्बन्ध थियो वा थिएन त्यो उनीहरुबीच जानकारी हुने विषय हो ।

अमेरिकामा भएको श्रीमती ‘हत्या’ काण्ड होस् वा शिवसताक्षीमा श्रीमानले श्रीमतीलाई कुकुरी प्रहार गरेर भएको हत्या होस् । यो सबै असुरक्षित सम्बन्धहरु हुन् । श्रीमान–श्रीमतीबीच नै सम्बन्ध सुरक्षित हुन नसकिरहेको यि घटनाले देखाइरहेका छन् । यो बेला प्रेम जोडीहरुबीच सुरक्षामा समस्या आउनु स्वभाविक छ । विभिन्न स्वार्थले राखेको सम्बन्धहरु सुरक्षित हुन सक्दैनन् । महानन्द चोकको घटनाले पनि त्यसलाई स्पष्ट पारेको छ । उनीहरुबीचको सम्बन्ध असुरक्षित भएकै कारण परिणाम दुःखद भयो । दुईबीचको सम्बन्ध यदि सुरक्षित हुन्थ्यो भने परिणाम यस प्रकारको हुने नै थिएन । यसैले सबैले आफ्नो सम्बन्धको सुरक्षालाई अनुभूत गर्नुपर्छ ।

महानन्द चोकको घटना एउटा प्रतिनिधिमुलक मात्र हो । पछिल्लो समय विवाहपूर्व धेरै अपराधिक घटनाहरु भइरहेका छन् । जसले सुखद् परिणाम दिन सकेको छैन । यसैले हरेक किशोर–किशोरीहरुले सम्बन्धको सुरक्षाबारे मनन् गर्न जरुरी छ । आप्mनो सम्बन्ध सुरक्षित छैन भने बेलैमा त्यसलाई समाधान तर्फ लैजानुपर्छ । यदि समाधान पनि हुदैन भने औपचारिक रुपमा नगाँसिएका सम्बन्धलाई सुरक्षित व्यवस्थापन गर्न जरुरी छ । अविवाहितहरुले यो मामिलामा धेरै नै होस् पुर्याउनुपर्छ । हरेक वैवाहिक परिवार होस् वा अविवाहितबीचको सम्बन्ध सुरक्षित नभए त्यसले दुःखद् परिणाम भोग्नुपर्ने हुन सक्छ । सबैको सम्बन्ध सुरक्षित हुनुपर्छ । सुरक्षित छैन भने बनाउन पनि प्रयन्त गर्नुपर्छ । त्यसैले सबैले आफ्नो सुरक्षाका लागि सम्बन्धबारे समिक्षा गरिनुपर्छ । समयमै समिक्षा गरौं, दुखद् घटना निम्तिन नदिऔं ।

प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]