जेष्ठ ८, २०८२ बुधबार

मन्त्री दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यविच छलफल

काठमाडौ÷भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्य विच विकास निर्माणका विभिन्न विषयमा छलफल भएको छ । बुधबार मन्त्रालयमा उहाँहरु विच विकाश निर्माण कार्य र सरकारका कामलाई कसरी जनमूखी र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो ।

भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भई रहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताउनुभयो । दिगो र स्थाई सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने भन्दै उहाँले नागरिकका अपेक्षा पूरा हुने गरि कार्य सम्पादनका लागि मन्त्री दाहाललाई शुभकामना समेत दिनुभयो ।

त्यस क्रममा उहाँले आफ्नौ पुख्र्यौली क्षेत्र काभ्रे जिल्लामा गर्नु पर्ने विभिन्न विकास निर्माणका बारेमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । उहाँले पनौती नमोवुद्ध दाप्चा सडक, पनौती– नमोवुद्ध सडकमा पर्ने मीरा ट्रष्ट पर्ने सडक खण्ड निर्माणका लागि आवश्यक बजेट व्यस्था गरि दिन समेत मन्त्री दाहाललाई आग्रह गर्नु भयो ।

मन्त्री दाहालले आवश्यकताका आधारमा श्रोत व्यवस्थान गर्न आफुले प्राथमिकता दिएको बताउनुभयो । अहिले मुख्य दुई ठुला दल सहितको सरकार बनेकाले यो दिगो र बलियो सरकार रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार  १ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]