जेष्ठ २, २०८२ बिहीबार

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले बताए ।

साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो । बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो । प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको शर्माले बताए । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो ।

प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]