जेष्ठ २, २०८२ बिहीबार

प्रेस काउन्सिलबाट झापाका दुई पत्रकार पुरस्कृत हुँदै

बिर्तामोड । प्रेस काउन्सिल नेपालले झापाबाट दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको ५५ औं स्थापना दिवसको अवसरमा आइतवार झापाका पत्रकार रमेश तिवारी र पुष्प बराललाई पुरस्कृत गर्दैछ ।

१२ हजार नगदसहित प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार तिवारी र १० हजार नगदसहित प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पत्रकार बराल पुरस्कृत हुन लागेका हुन् । तिवारी नयाँ पेपर डटकमका सम्पादक, एवम् बिर्तामोड नगरपालिकाका प्रेस संयोजक हुन् भने बराल पर्दाफास डटकमका सम्पादक हुन् । उनी रेडियो भिजनमा समेत कार्यरत छन् ।

उनीहरुलाई काउन्सिलको स्थापना दिवसको अवसरमा आइतवार आयोजना हुने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कृत गर्नेछन् ।

प्रकाशित मिति : आश्विन ५, २०८१ शनिबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]