दुर्गा प्रसाईका दुई कार्यकर्ता झापा प्रहरीको नियन्त्रणमा
बिर्तामोड । दुर्गा प्रसाई पक्राउ गरेसँगै झापामा प्रहरीले उनका समर्थकहरु नियन्त्रणमा लिन थालेको छ । पक्राउको विरोधमा आन्दोलन गर्न सक्ने भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिर्तामोड-३ घर भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र झापा जिल्ला कमल गापा-४ सितापुरीस्थित निजी निवासबाट नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई आज साँझ नियन्त्रणमा लिइएको हो ।