जेष्ठ ६, २०८२ सोमबार

भारत र नेपालबीचको मित्रता धेरै बलियो : मोदी

काठमाडौं, ७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको मित्रता धेरै बलियो रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जालमा लेख्दै मोदीले यस्तो बताउनुभएको हो ।

‘प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भयो । भारत(नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ ।’ फेसबुकमा लेख्दै मोदीले भन्नुभएको छ, ‘हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रीत थियो ।’

प्रकाशित मिति : आश्विन ७, २०८१ सोमबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]