जेष्ठ ६, २०८२ सोमबार

नतिजामूखी भएर कार्य सम्पादन गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौ – भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले मन्त्रालयका सचिव केशवप्रसाद शर्मासँग वार्षिक कार्यसम्पादन सम्झौता गर्नु भएको छ । सोमबार मन्त्रालयमा मन्त्री र सचिव विच चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो । यस अघि मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गर्नु भएको थियो ।

मन्त्री दाहाल र सचिव शर्मा विच सम्झौता भएसँगै सचिव र महाशाखा प्रमुख एवम् विभागीय प्रमुख विच समेत सम्झौता भएको छ । प्रशासन महाशाखा प्रमुख, सहसचिव चन्द्रकला पौडेल, पूर्वाधार निर्माण तथा यातायात महाशाखा,प्रमुख सहसचिव कृष्णराज पन्थ, योजना, अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख सहसचिव सुशिलबाबु ढकाल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख भिमार्जुन अधिकारी, सडक विभाग महानिर्देशक रामहरी पोखरेल, यातायात व्यवस्थापन विभाग महानिर्देशक राजिव पोखरेल, रेल विभाग महानिर्देशक अजयकुमार मुल र नेपाल पानी जहाज कार्यालयका रजिष्ट्रार प्रेमकुमार सिंह तथा सचिव शर्मा विच कार्य सम्पादन सम्झौता भएको हो ।

नतिजामूखी हुन निर्देशन
कार्य सम्पादन सम्झौता पछि मन्त्री दाहालले नतिजामूखी भएर कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । ‘म स्टन्टमा विश्वास गर्दिन, नजितामा विश्वास गर्छु’ कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री दाहालले भन्नुभयो, ‘तपाईहरुले पनि सोहि ढंगबाट नतिजा देखिन गरि कार्यसम्पादन गर्नु हुने छ भन्ने विश्वास छ ।’

तत्काल गर्नु पर्ने र नागरिकलाई राहत महसुस हुने कामहरुलाई प्राथमिकता दिन भन्दै उहाँले अहिले चाडपर्वको समय शुरु भएकाले सडकको सहज व्यवस्थापनमा ध्यान दिन भन्नुभयो । यस्तै सवारी चालक अनुमति पत्र वितरणमा देखिएको समस्या समाधान गर्न, पुर्वाधार निर्माणमा देखिको सुस्तताको अन्त्य गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनु भयो । नागरिकलाई सहज हुने गरि सेवा दिन तथा पूर्वाधार निर्माणलाई गति दिन केहि चुनौतीहरु भए पनि ति चुनौतीको सामना गर्न पनि तयार हुनु पर्ने उहाँको भनाई थियो ।

प्रकाशित मिति : आश्विन ७, २०८१ सोमबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]