हराएका मोवाइल इप्रका अनारमनीले धनीलाई बुझायो
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले विभिन्न स्थानबाट फेला परेका मोवाइलहरु केही दिनअघि सम्बन्धित धनीलाई बुझाएको छ । मोबाईल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
इप्रका अनारमनीको क्षेत्रभित्र विभिन्न स्थानबाट हराएको मोबाईलहरु खोजतलास गरी पाँउ भनी निवेदन दिएपछि प्रहरीले खोजतलास तथा प्राविधिक अनुसन्धानका क्रममा फेला पारेका मोवाइलहरु धनीलाई बुझाएको हो । विभिन्न ब्राण्डका थान ९ थान मोवाइल धनीहरुलाई बोलाएर डिएसपी प्रकाश विष्टले बुझाएका छन् ।
अधिकांश मोवाइल चोरी भएको धनीहरुको प्रतिक्रिया छ । प्रहरीले आइएमई नम्बरका आधारमा मोवाइल फेला पार्ने गरेको छ । चोरी गर्नेहरुले विभिन्न व्यक्तिहरुलाई १ हजार देखि ३ हजारसम्म रुपैयाँमा मोवाइल विक्री गरेको प्रहरीको भनाई छ । चोरी गर्नेले विक्री भन्दा पनि जाकट राख्ने तर फिर्ता लिन नआउने गरेको बताइएको छ ।