जेष्ठ २, २०८२ बिहीबार

अख्तियारले लग्यो घुस लिने वडाध्यक्ष र दिने भातीय नागरिकलाई

बिर्तामोड । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले बुद्धशान्ति २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली र भारतीय नागरिक अमरनाथ चौहानलाई अनुसन्धानका लागि इटहरी लगेको छ ।

झापा प्रहरीका अनुसार अख्तियारको टोलीले दुवै जनालाई थप अनुसन्धानका लागि केहीवेर अघि लगेको छ । आज दिउँसो बुद्धशान्ति २ का वडाध्यक्ष ओलीलाई नेकपा विप्लप माओवादीका कार्यकर्ताले बिर्तामोडमा ८० हजार रुपैयाँसहित नियन्त्रणमा लिएका थिए । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको थियो ।

सिलिगुडी घर भएका चौहानले बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आएर बाहिर सिडीको भागमा पैसा बुझाएका थिए । सोही क्रममा ओलीलाई नियन्त्रणमा लिइएको थियो । भारतीय नागरिक चौहानले बुद्धशान्ति २ का स्थानीय चतुर्भुज घिमिरेसँग सहकार्य गरि जमिन खरिद गरेका थिए ।

चौहानले बुद्धशान्तिमा जग्गा खरिदका लागि घिमिरेलाई भारतीय रुपैयाँ १४ लाख ५० हजार अर्थात् नेपाली रुपैयाँ २३ लाख २० हजार दिएका थिए । सोही रकम बमोजिम घिमिरेले बुद्धशान्ति ५ मा जग्गा खरिद गरेका थिए । पछि घिमिरेले भारतीय नागरिक भएकोले चौहानलाई धोका दिएर जग्गामा आफ्नो नाममा हडपी हाले । चौहान पीडित भएपछि न्यायका लागि बुद्धशान्ति २ नम्बर वडा कार्यालय पुगे ।

वडा कार्यालयको मेलमिलाप समितिले दुवै पक्षलाई बोलाएर रकम फिर्ता वा जग्गा नामसारी गरिदिने सर्तमा लिखित कागज गराएको थियो । सो कागज वडा अध्यक्ष डिल्लीप्रसाद घिमिरे कै रोहबरमा २०८० साल चैत १ गते गराइएको थियो । कागजमा भनिएको छ, चौहानले घिमिरेलाई दिएको २३ लाख २० हजार रकममध्ये घिमिरेले २ लाख २७ हजार ३ सय रुपैयाँ खर्च भएको बताएकोले बाँकी रकम २० लाख ९२ हजार ७ सय रुपैयाँ २०८१ भदौ मसान्तभित्र वडा कार्यालयको रोहबरमा चौहानलाई उपलब्ध गराउने वा खरिद गरिएको जग्गा चौहानको विश्वासिलो व्यक्तिको नाममा नामसारी गरिदिने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।

सोही निर्णय बमोजिम घिमिरेले चौहानलाई रकम फिर्ता गर्ने हुँदाहुँदै पछि वडा अध्यक्ष ओलीले पीडित चौहानसँग रकमको बार्गेनिङ गर्न थालेका थिए । रकम उपलब्ध गराइदिने सर्तमा वडा अध्यक्ष ओलीले चौहानसँग एक लाख भारु मागेका थिए । चौहानले त्यत्रो रकम दिन नसक्ने भनेपछि वडा अध्यक्ष ओलीले उल्टै उनलाई धाकधम्की दिँदै आइरहेका थिए । आफू पीडित भएकोले ५० हजार भारु मात्र दिन सक्ने भनेपछि अनन्त वडा अध्यक्ष ओली उनका कुरामा सहमत भए ।

तर, चौहान आफू पीडित भएको कुरा विप्लव माओवादीका कार्यकर्तालाई भेटेर सुनाइसकेका थिए । विप्लव माओवादी कार्यकर्ताहरूले नै चौहानलाई बोलाएर रकम दिन लगाएर वडा अध्यक्ष ओलीलाई घुससहित पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]