गणपति बेकर्सको तेस्रो शाखा चन्द्रगढी एयरपोट अगाडि
बिर्तामोड । बिर्तामोडको गणपति बेकर्सले आफ्नो तेस्रो शाखा चन्द्रगडी विमानस्थल नजिकै सुरु गरेको छ । भद्रपुर ८ चन्द्रगढी विमानस्थल अगाडि गणपति बेकरीले तेस्रो शाखा सञ्चालनमा ल्याएको हो । आज यसको औपचारिक उद्घाटन हुदैछ । यसअघि दोस्रो शाखा काँकडभिट्टामा सञ्चालनमा रहेको छ ।
कफी, बेकर्स, पिज्जा, केक लगायत उत्पादनसहित गणपतिले चन्द्रगढीमा क्याफे सञ्चालनमा ल्याएको हो । करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरीसहित क्याफे सञ्चालनमा ल्याइएको बताइएको छ ।
गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बड्डे केक आफैँ उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।
गणपति बेकरीका हेडक्वार्टर प्रमुख राजु ढकालका अनुसार गणपतिको बिर्तामोडमा मुख्य उत्पादन उद्योग छ भने काँकरभिट्टा र चन्द्रगढीमा फ्रेन्चाइचमा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्नेगरी शाखा स्वामित्व दिइएको हो ।
गणपति चन्द्रगढीका सञ्चालक रियाज ढकालले गुणस्तरीय उत्पादनमा जोड दिइने बताउँदै केकका लागि होम डेलिभरीको समेत व्यवस्था रहेको जानकारी दिए ।
कफी, बेकरी लगायतमा स्थापित गणपतिले आफ्नो व्यापारलाई विस्तार गर्दै जाने जनाएको छ ।