बैशाख २३, २०८२ मंगलबार

सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना

काठमाडौँ । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।

मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ ।  पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ । त्यस्तै केहि भारतीय मिडियाहरुले भने रजनीकान्तको मुटु सम्बन्धि समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।

प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]