बैशाख २०, २०८२ शनिबार

शिवगञ्ज बजार अनुगमन : बालबालिकाका खानेकुरा अखाद्य

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आज शिवगञ्ज बजार अनुगमन गरेको छ ।
चाडबाड नजिकै गर्दा बजारमा म्याद गुज्रिएका अखाद्य बस्तुहरुको विक्री वितरण हुने गरेको पाइएपछि नगरपालिकाले अनुगमन सुरु गरेको हो ।

आज गरिएको शिवगञ्ज बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका अखाद्य बस्तुहरु फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवगञ्ज बजारमा शिवशक्ति ट्रेडर्सको बोर्ड राखेर किराना पसल गरेको पाइएको छ । उक्त पसलमा २० थान कोल्ड ड्रिङ्क्स , ५ केजी लालमोन लगायतका खाद्य सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।

उक्त सामाग्रीहरु नगरपालिकाले डिस्पोज गरेको जनाएको छ । पसल सञ्चालक विजय शाहका अनुसार हाल किराना भएको सटहरमा पहिले टे«डर्स रहेकाले बोर्ड नाम र बोर्ड परिवर्तन गर्न बाँकी रहेको हो ।

त्यस्तै बालाजी किराना स्टोरमा चाट मसला, घ्यू, पापड, विस्क्ुट, कोकाकोला, खाने तेल लगायतका बस्तुहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको छ । बजारमा १० ओटा किराना पसलमा विशेष बालबालिकाहरुले खाने कुरमुरे, विस्कुट, मिठाई लगायतका बस्तुहरु धेरै मात्रमा म्याद गुज्रिएका अवस्थामा भेटिएको अनुगमन समितिका संयोजक उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङ्फे, नगरका कर्मचारी, नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]