बैशाख २०, २०८२ शनिबार

शनिश्चरे क्याम्पसलाई नमूना बनाउन आग्रह, उत्कृष्ट विद्यार्थी पुरस्कृत

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पसलाई नमूनाको रुपमा विकास गर्नुपर्ने बताएका छन् । क्याम्पसद्वारा मंगलबार सभाहलमा आयोजित ११ औं क्याम्पस साधारणसभा तथा १८ औं क्याम्पस स्थापना दिवस कार्यक्रममा बोल्दै गोम्देनले यस्तो जोड दिएका हुन् ।

बिद्यार्थीहरुलाई बढी आकर्षित गर्न क्याम्पसमा गुणस्तरीय पठनपाठन गराउनका लागि क्याम्पस प्रशासन र व्यवस्थापन समितिलाई सुझाव दिए । यस क्याम्पसमा अनुभवी शिक्षक प्राध्यापकद्वारा गुणस्तरीय शिक्षा दिन सके जिल्ला बाहिरका बिद्यार्थीहरु पनि शनिश्चरे बहुमुखी क्याम्पसमा पढ्न जानुपर्छ भन्ने हुन्छ , उनको धारणा छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोम्देनले यस क्याम्पस उन्नतिका निम्ति नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिए । साधारणसभामा क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा समिति संयोजक कृष्णप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

सो अवसरमा क्याम्पसबाट वि.स.२०७९ सालमा उत्कृष्ट बिद्यार्थीहरु बिबिएस संकाय तर्फ तेस्रो बर्ष परीक्षामा ५५ . ८०% ल्याउने घनश्याम सापकोटा, चौथो बर्षको परीक्षामा ६१ .४% ल्याउने मनिष आचार्य , दोस्रो बर्ष परीक्षामा ६०.४% ल्याउने समिक्षा राई र बिएड तर्फ दोस्रो बर्ष परीक्षामा ५४.६६% ल्याउने कञ्चन खतिवडा, तेस्रो बर्षमा ४८ % ल्याउने बन्दना अधिकारीलाई जनही ४-४ हजार रुपैयाँ नगद राशिले पुरस्कृत गरिएको थियो । त्यस्तै क्याम्पस उत्कृष्ट (कलेज टप) बिबिएस तर्फ तेस्रो बर्ष परीक्षामा ६७ .७ % ल्याउने अनिसा दाहाललाई जिन्सीसहित नगद ६ हजार रुपैयाँले पुरस्कृत गरिएको क्याम्पस सहायक प्रमुख कृष्ण थापाले जानकारी दिए ।

क्याम्पस व्यवस्थापन समितिका हेमप्रसाद खरेल (हेमराज) को सभापतित्व र क्याम्पस सहायक प्रमुख थापाले सञ्चालन गरेको कार्यक्रममा संविधानसभा सदस्य भक्त खपाङ्गी , निवर्तमान क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सरोज कुमार ओली, वर्तमान उपाध्यक्ष लोकनाथ गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]