जेष्ठ ३, २०८२ शुक्रबार

दशैंको उपलक्ष्यमा शिवसताक्षीको दुधेमा मिनी महोत्सव

शिवसताक्षी । झापाको दुधे बजारमा वडा दशंैको उपलक्ष्यमा मिनी महोत्सव लाग्ने भएको छ । स्थानीय दूधे बजार विकास समितिको आयोजनामा दुधेको बिहीबारे हाटको खुल्ला ठाउँमा मिनी महोत्सवको आयोजना गरिएको दुधे बजार विकास समितिले जनाएको छ ।

महोत्सव आगामी आश्विन १८ गतेबाट २६ गतेसम्म मिनी मेलाको आयोजना गरिएको हो ।
दूधे बजारमा लाग्ने साप्ताहिक हाटलाई असर नपर्ने गरी मिनी मेला बेलुकी ६ बजेदेखि ९ बजेसम्ममा सञ्चालन हुने आयोजक दूधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । उनका अनुसार महोत्सवमा समाजमा बर्जित गरिएका जुवा, तास, डाइस जस्ता विकृति फैलाउने खेलहरु भने समावेस गरिएको छैन । बालबालिका लागि स–साना खेलका आकर्षकहरु स्टकलहरु रहने छन् ।

मेलाको मुख्य आकर्षक बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत हुने छ, भने, युवाहरुका लागि हाउजी खेल खेलाइने आयोजकले जनाएको छ । महोत्सवबाट संकलित रकम दुधे बजार विकास समितिले बजार भित्रका सडक बत्ती, बजार सरसफाई लगायत बजार व्यवस्थापनमा खर्च गरिने समितिका कोषाध्यक्ष मुना विमलीले जानकारी दिइन् । महोत्सव सम्पन्न गर्न करिब ७ लाख रकम खर्च हुने अनुमान गरिएको छ ।

यसै बीच दूधे बजार विकास समितिले भोलि घटस्थापनाको दिन देखि उक्त स्थानमा दुर्गा पुजाको समेत आयोजना गरेको छ । दुर्गा पुजामा नवै दिन बिहान दुर्गा भवगतीको पुजा अर्चना गरिने समेत समितिले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १७, २०८१ बिहीबार  ६ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]