बैशाख २३, २०८२ मंगलबार

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर, १७ असोजः यही असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ ।

मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोला तथा फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका १ र ११ को फेमे खोलामा फड्के निर्माण गरिएको हो । पुल बगाएपछि आवतजावत ठप्प भएका यी स्थानमा फड्के बनेपछि यात्रा सहज भएको छ ।

मेची राजमार्गअन्तर्गत हेवा खोलामा रहेको बेलिब्रिज बगाएको स्थानभन्दा करिब एक सय मिटर तल फड्के निर्माण भएको छ । नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय, फिदिम नगर प्रहरी, फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका तथा स्थानीय युवाको सक्रियतामा चार दिन लगाएर उक्त फड्के बनाइएको हो । फड्के निर्माण गरिएको स्थान नजिकै सडक डिभिजन कार्यालय इलामले डाइभर्सन निर्माण गर्ने तयारी गरिरहेको छ ।

फिदिम नगरपालिकाकै वडा नं। १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने फेमे खोलाको सडक पुल बाढीले बगाएपछि यातायात पूर्णरुपमा अवरुद्ध छ ।

प्रकाशित मिति : आश्विन १७, २०८१ बिहीबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]