बैशाख १९, २०८२ शुक्रबार

बाह्रदशीमा शव खोज्न प्रहरीले घरभित्र खन्यो ४ घण्टा, दुई जना पक्राउ

बिर्तामोड । झापाको बाह्रदशी–६ सिमलवारीमा प्रहरीले आज साँझ ४ घण्टा खनेर एउटा शवको खोजी गरेको छ । गत जेठ दोस्रो सातादेखी हराइरहेका २१ वर्षीय राजेश ठाकुरको हत्यापछि घरभित्र पुरिएको आशंकामा प्रहरीले छिमेकीको घरभित्र र बाहिर आगनमा खनेको छ । ४ घण्टासम्म खन्दा पनि शव भेटिएको छैन । खन्ने टोली घरमा प्रहरी राखेर फर्किएको छ ।

प्रहरीले हत्यापछि शव पुरिएको हुन सक्ने आशंकामा उत्खनन् गरेको बुझिएको छ । सो क्रममा छिमेकी नरेश राजवंशीले हत्या गरेको स्वीकार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी जारी राखेको छ । थप एक जना युवतीलाई पनि पक्राउ गरिएको बुझिएको छ । यस बारे झापाका प्रहरी प्रवक्ता कृष्ण चन्दले औपचारिक जानकारी नभएको प्रतिक्रिय दिए ।

तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेको हुन सक्ने बयानका आधारमा छिमेकी राजवंशीको घरको आगन र कोठामा खनिएको छ । आज अपरान्ह ४ बजेदेखि प्रहरीले राती ८ बजेसम्म खनेको थियो । युवाको हत्यामा प्रयोग भएको डोरी, हातहतियारहरु समेत फेला परेको बुझिएको छ । उत्खनन्का क्रममा नुनको पोकाहरु भेटिएको थियो ।

प्रकाशित मिति : आश्विन १७, २०८१ बिहीबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]