आदर्श साकोस दुधेमा ८८ करोड ५२ लाख बढी कारोबार
शिवसताक्षी । झापाको शिवसताक्षीको दूधेमा सञ्चालित आदर्श बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभा गरेको छ । संस्थाले दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परिसरमा शिवसताक्षी ७, ९, १० र ११ नं. वडाका शेयर सदस्यहरुलाई सहभागी गराई साधारण सभा गरेको हो ।
साधारण सभामा संस्थाका अध्यक्षद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आ.व. २०८०-०८१ मा संस्थाले २१ लाख ३९ हजार ९९ रकम खुद नाफ भएको उल्लेख छ ।
२०६२ सालमा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता भई २६ जना शेयर सदस्यको ५२ हजार रकमबाट कारोबार प्रारम्भ गरेको सहकारीले आफ्नो १८ वर्ष पुरा गर्दा २ हजार ७०९ सदस्य बनाएको छ । हालको शेयर पुँजी १ करोड ८५ लाख ६४ हजार ४०० र कोष १ करोड १७ लाख १४ हजार १०८ गरी कुल पुँजी १५ करोड २३ लाख १० हजार ६७८ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आ.व. २०८०-०८१ मा ८८ करोड ५२ लाख, ८२ हजार ६१३ रकम बराबरको कारोबार गरेको संस्थाका अध्यक्ष चन्द्र थापाले जानकारी दिए । अध्यक्ष थापाले २०८१ ÷०८२ लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक विष्णुलाल भट्टराईले प्रस्तुत गरे । उनले गएको वर्ष संस्थाले गरेको सम्पूर्ण कारोबारको बारेर प्रष्याएका थिए ।
संस्थाले गएको आश्विन १२ गतेबाट वार्षिक साधारण क्षेत्र विभाजन गरी सुरु गरेको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले जानकारी दिए । उनले शिवसताक्षीको डुँडामारी, पाँचगाछी र दूधेमा साधारण सभा सम्पन्न गरेको बताए । आगामी आश्विन १९ गते संस्थाको कार्यालयमा माइन्युट प्रमाणिकरण गर्दै संस्थाले सम्पूर्ण साधारण सभाका कामहरु सम्पन्न गर्ने आदर्श साकोसले जनाएको छ ।दुधेमा मुख्य कार्यालय रहेको संस्थाले शिवसताक्षीको बोलोचोकमा सेवा केन्द्र समेत सञ्चालन गर्दै आएको छ ।