बैशाख १९, २०८२ शुक्रबार

बाह्रदशीमा शव खोज्न जेसिवीको प्रयोग, आफै घर भत्काइदिने भन्दै परिवारको आक्रोस

बिर्तामोड । हत्यापछि शव गाढेको हुन सक्ने आशंकाले झापाको बाह्रदशी– ६ मा प्रहरीले आज जेसिवी प्रयोग गरिरहेको छ । स्थानीय २१ वर्षीय राजेश हजामको हत्यापछि शव गाढेको हुन सक्ने आशंकाले प्रहरीले आज पनि आगनको भागमा खन्ने काम गरिरहेको छ । हिजो घरेलु सामग्रीले शव खोज्न खनिएको थियो भने आज जेसिवी नै प्रयोग गरिएको छ ।

हिजो राती ८ बजेसम्म घरभित्र खनेर शव खोजिएको थियो । आज पनि प्रहरीले गाउँपालिकाको जेसिवी प्रयोग गरेर शव खोजिरहेको छ । आज साढे ४ बजेसम्म शव भेटिएको थिएन ।

प्रहरीले शव खोज्न घरभित्र जेसिवी प्रयोग गर्न हजामका आफन्तले आग्रह गरिरहेका छन् । प्रहरीले घर बाहिर मात्र जेसिवी प्रयोग गरेको भन्दै आक्रोसित आफन्तहरुले आफै घर भत्काएर शव निकाल्ने बताइरहेका छन् । घरभित्र शवको गन्हाइरहेको परिवारको दावी छ ।

गत जेठ १५ गतेदेखि हराइरहेका हजामलाई स्थानीय नरेश राजवंशी, समिर राजवंशी र मुना राजवंशीले हत्या गरेको स्वीकार गरेका छन् । उनीसँगै प्रहरीले उनको भाउजुलाई पनि पक्राउ गरिसकेको बिर्तामोड प्रहरीले जनाएको छ । जेठ १५ गते राती एउटा फोन आयो, परिवार भन्छन्, फोन आए लगत्तै साइकल लिएर हिडेका राजेश फर्किएनन् ।

प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार  ५ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]