जेष्ठ २, २०८२ बिहीबार

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै अनेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको जनाएको छ । नुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ।

आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानहरूबाट बाहिरिएको महाशाखाले जनाएको छ ।

मनसुनी वायु कमजोर हुदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ। नेपालबाट सरदर अक्टोबर २ तारिखबाट मनसुन बाहिरिन्छ । यस वर्ष गत जेठ २८ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो।

प्रकाशित मिति : आश्विन २०, २०८१ आईतबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]