बैशाख २०, २०८२ शनिबार

नव युवा क्लबद्वारा जग्गादाताहरुलाई सम्मान

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ४ र ७ एकता चोकस्थित नव युवा क्लबले एक कार्यक्रमकाबीच जग्गादाताहरुलाई सम्मान गरेको छ ।

क्लबद्वारा सामुदायिक भवनमा आयोजित सामूहिक दुर्गा कार्यक्रममा संस्थाको जग्गा खरिदका लागि सहयोग गर्ने दाताहरुलाई बुधबार साँझ सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्निप्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष देवेन्द्र मैनाली , उपाध्यक्ष देवका न्यौपाने ,सचिव दिनेश भुजेल , कोषाध्यक्ष राजेन्द्र शाह ,बेदप्रसाद घिमिरे ,उमा थापा,कोपिला भण्डारी ,शिवकुमारी श्रेष्ठ ,पवित्रा दाहाल ,मदन भट्टराई ,देवी बराल,नवीन श्रेष्ठ ,दुर्गाप्रसाद भट्टराई ,उज्वल थापा लगायत ३५ जना जग्गादाताहरुलाई सम्मान गरिएको दुर्गा पूजा आयोजक मुल समिति संयोजक तुलसी श्रेष्ठले जानकारी दिए । त्यसैबीच रिद्धिमा मैनाली ,निसा खड्का , आरती शाह,खुशी थापा र आरबी शाहले मनोरञ्जनात्मक सामूहिक स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

अध्यक्ष मैनालीको सभापतित्व र संयोजक श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सिग्देलले भूमिदानको महिमा बारे बताउँदै यस संस्थाले सञ्चालन गरेको भूमिदान महाअभियान कार्यक्रममा सहभागी भई यथाशक्ति भूमिदान गरेर पुण्य कमाउन भक्तजनहरुलाई आग्रह गरे ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका वोर्ड सदस्य तथा संस्थाका सल्लाहकार भोला परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]