बैशाख २९, २०८२ सोमबार

मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने

काठमाडौं, २८ असोज । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । भोलि मंगलबारदेखि तीन दिनसम्म केवलकार बन्द हुने सूचना जारी गरिएको छ ।

मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरेको थियो भने द्वादशीको एक दिन भने केबलकार चलाइएको छ ।

केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्नेलगायतका काम बाँकी छन् ।

ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २८, २०८१ सोमबार  १ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]