बैशाख २०, २०८२ शनिबार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन आज ६ जनाको उद्धार

विराटनगर, २९ असोज । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा आज (मंगलबार) ६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको छ ।

यात्राका क्रममा झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाको र विराटनगर महानगरपालिका-१५ रामजानकी मार्गबाट १ जनाको उद्धार गरिएको हो । यात्राको पहिलो दिन सोमबार १० जनाको उद्धार गरिएको थियो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ । आज उद्धार यात्राका क्रममा उद्धार टोली झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएकाहरुको उद्धार तथा सेवामा खटिएको हो ।

उद्धार गरिएका सडक आश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा आज नै गृहप्रवेश गराइएको छ । साथै, भोलि बुधबार सुनसरी जिल्लाको धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरुको उद्धार हुने मानव सेवा आश्रमले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २९, २०८१ मंगलबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]