बैशाख २७, २०८२ शनिबार

मुलुक र मुलुकबसीको उन्नतिका लागि समृद्धिको आयामहरु आवश्यक

झापा । मुलुक र मुलुकवासीको विकासका लागि समृद्धिको आयामहरु आवश्यक रहेको प्राध्यापक डाक्टर तत्व तिम्सिनाले बताउनु भएको छ ।

नेकपा एमाले झापाको स्कुल विभागले आज पार्टी कार्यालय विर्तामोडमा आयोजना गरेको तत्व तिम्सिना द्वारा लिखित पुस्तक “संमृद्धि“चर्चा कार्यक्रममा देश र देशवासीको उन्नतिका लागि समृद्धिको आयामहरु आवश्यक रहेको बताउनु भएको हो । समाजको समृद्धिको लागि समावेशी समाज ,अर्थतन्त्रको विकास र सशक्त र सवल जनसमुह आवश्यक रहेको पनि प्रा।डा।तत्व तिम्सिनाले बताउनु भयो ।

केही साता अघि काठमाण्डौंमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्राडा तिम्सिनाले लेख्नु भएको समृद्धि कितावको विमोचन गर्नु भएको थियो । कितावको विमोचन पछि पहिलो पटक झापामा समृद्धि कितावको चर्चा गरिएको तिम्सिनाले बताउनु भयो ।

स्कूल विभाग प्रमुख तथा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय पार्टी स्कुल बिभागका सदस्य तथा प्रमुख प्रशिक्षक समेत रहनु भएका तिम्सिनाले सोच बदलौ,सिर्जनशील बनौं,भावनात्मक बौद्धिकता लगायतका समृद्धिका उपायका टिप्पस दिनु भएको थियो ।

कार्यक्रममा सहभागीहरु बुद्धिजीवी परिषद झापाका अध्यक्ष गजेन्द्र आचार्य, विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौला,पार्टीका अग्रज नेताहरु हरिचरण शिवाकोटी ,धन बहादुर थेवे, कमल गुरागाई, दुर्गा काफले र शिवकुमार राजभण्डारी लगायतले राखेको जिज्ञासाको जवाफ प्राडा तत्व तिम्सिनाले दिनु भएको एमाले झापाका कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा रुपान्तरित नेतृत्वका चार आयामहरु ,समृद्धिका उपायहरु,कृतिम बौद्धिकतको भूमिका लचतकता लगायतका विषयमा छलफल गरिएको विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]