बैशाख २७, २०८२ शनिबार

रविलाई प्रहरीले सडकमार्गबाट पोखरा लैजाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न पार्टी कार्यालय चमती पुगेको रास्वपाले जानकारी गराएको छ ।

पार्टी प्रवक्ता मनिस झाले प्रहरी सभापति पक्रन पार्टी कार्यालय पुगेको पुष्टि गरे । उनले अबको आधा घण्टापछि प्रहरीसँग सभापति सडक मार्ग भएर पोखरा जाने बताए । झाले राजनीतिक प्रतिशोध साध्न सरकारले काम गरेको समेत बताए ।

उनले भने, ‘प्रहरीलाई सघाउ, कुनै अवरोध नगरौँ । हामी फरक राजनीतिक गर्न आएका छौँ । प्रहरीलाई प्रतिकार नगरौँ । अब आधा घण्टामा सभापति पार्टी कार्यालयबाट ओर्लिएर पोखरा जानुहुन्छ । उहाँ सडक मार्ग भएर पोखरा जानुहुन्छ । उहाँको साथमा हामी पनि केही जान्छौँ ।’

झाका अनुसार सभापतिले केही कुरा राखेर पोखरा जाने सहमति भएको छ ।

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार  ६ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]