बैशाख २७, २०८२ शनिबार

कावासोतीमा जीप दुर्घटना, दिदीभाइको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बालुवाडाँडाबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०७ ००१ज ००२० नम्बरको जीप सडकको मोडबाट तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी २८ जना यात्रु घाइते भएका छन्, जसमा ९ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा बुलिङटारकी पवित्रा मर्सांगी र पवन मर्सांगीको मृत्यु भएको हो । उनीहरु दिदीभाइ हुन् । जीपमा पनि ३० जना चढेका र ओभरलोडकै कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : कार्तिक ३, २०८१ शनिबार  ४ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]